२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार पहिलो घण्टामा नेप्से परिसुचक १२.६३ अंकले ओरालो



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार  पहिलो घण्टामा नेप्से कारोबार भएको पहिलो घण्टामा १२.६१ अंकले घटेको छ । २ हजार ०५८ दशमलव ७२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ६१ प्रतिशतले घटेर २ हजार ०४२ दशमलव ५८ विन्दुमा पुगेको छ ।   

पहिलो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको रू. १ अर्ब ७७ करोड ५५ लाख बराबरको २९ लाख ३९ हजार ६९८ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार १८ हजार ८९९ पटकको व्यापारमा भएको हो । बिहिबार पहिलो घण्टाको कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक शून्य दशमलव ११ र लघुवित्त समूहको परिसूचक १ दशमलव २८ प्रतिशतले बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स,  जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २९ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ५१९ मा कारोबार भइरहेको छ । कारोबारको पहिलो घण्टामा सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा महुली लघुवित्त र माउन्टेन इनर्जी रहेका छन् । यस अवधिमा महुली लघुवित्तको शेयरमूल्य ९ दशमलव ९३ र माउन्टेन इनर्जीको ९ दशमलव ७९ प्रतिशतले बढेको छ ।