२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी समितिको बैठकअघि दुई अध्यक्षबीच छलफल र केही सहमति



अ+ अ-

काठमाडौंः आन्तरिक शक्ति संर्घषका  कारण विभाजनको संघारमा पुगेको नेकपाको संकट केही  हदसम्म समाधान उन्मुख भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल समूहबीचको संर्घषका कारण  फुटको संघारमा पुगेको नेकपा अध्यादेश प्रकरण पछि वार कि पारको अवस्थामा पुगेको समयमा  ४ नेताको सकृयताका कारण  नाटकीय रुपमा  घटनाले सकारात्मक मोड लिएको छ ।

 एक अर्का प्रति चर्को आरोप प्रत्यारोपमा उत्रिएका अध्यक्ष  ओली र दाहाललाई  स्थायी समितिको बैठक बस्नुअघि  साथमा राखेर महासचिव विष्णु पौडल स्थायी समितिका सदस्यहरु सुवास नेवाङ्ग, घनश्याम भुषाल र शंकर पोखरेलले हस्तक्षेप गरी एक खालको सहमति जुटाएका थिए ।  चार जनाले जुटाएको सहमतिपछि प्रधानमन्त्री ओली पनि स्थायी समितिको बैठकमा बस्न सहमत हुनु भएको थियो ।  स्राेतका अनुसार  दुई अध्यक्षबीच एक्ला एक्लै सम्बाद समेत भएको थियो ।

जस अनुसार विवादमा रहेका अन्य विषयहरुमा सहमति  जुटाउँदै दुबै अध्यक्षले एक अर्काप्रति लक्षित गरेर पेश गरेको राजनीति प्रतिवेदन पनि फिर्ता लिने सहमति भएको स्राेतले बताएकाे छ ।  जसको छनक बुधबारको स्थायी समितिको बैठकमा पनि देखिएको ती सदस्यले बताए । यस अघिको बैठकमा नेताहरु पनि निकै आक्रामक बनेका शीर्ष नेताहरु  बुधबारको बैठकमा केही मथ्थर रुपमा प्रस्तुत भएका थिए ।