२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार पहिलो घण्टामा नेप्से परिसूचक ८.६१ अंकले आरालो



अ+ अ-

काठमाडौं । बुधबार पहिलो घण्टामा नेप्से परिसूचक ८.६१ अंकले घटेको छ । २ हजार ०९७ दशमलव २० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ४२ प्रतिशतले घटेर २ हजार ०५२ दशमलव ८० विन्दुमा पुगेको छ ।

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ११ करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार २३८ मा कारोबार भइरहेको छ । यस अवधिमा व्यापार र लघुवित्त समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 

कारोबारको पहिलो घण्टामा महुली लघुवित्त वित्तीय संस्था र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आरएमडीसी लघुवित्तको शेयरमूल्य ९ दशमलव ९५ र माउन्टेन इन्र्जीको ९ दशमलव ८८ प्रतिशतले बढेको छ । पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको रू.१ अर्ब ११ करोड २८ लाख बराबरको १८ लाख २ हजार ५ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार १३ हजार २६८ पटकको व्यापारमा भएको हो ।