२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैवाहिक जीवन सुमधुर बनाउन मद्दत गर्ने यस्ता छन् १० टिप्स



अ+ अ-

यतिबेला विवाहको सिजन चलिरहेको छ । जन्मका लागि साथ रहने कसम खाँदै सात फेरा लगाएर वैवाहिक बन्धनमा बाँधिने कतिपय महिला र पुरुषको सम्बन्ध टुट्न दुई मिनेट पनि लाग्दैन । हालके अबस्थामा एकअर्काको कमिकम्जोरी अप्नाएर अगाडी बढ्नु भन्दा पनि एकअर्काको गल्ती औल्याएर सम्बन्ध विछेद गरेको देख्न पाइन्छ । चाहना त कसको हुन्छ र सात जन्मसम्म सँगै जीवन बिताउने भनेर कसम खाएका व्यक्तिसँग छुट्टिने । तर पनि परिस्थिति यस्तो बन्न जान्छ कि सँगै बस्नुभन्दा पनि छुट्टिनु जाती लाग्छ । वैवाहिक जीवनलाई अकालमै टुंग्याउनु अगाडि पति र पत्नी बीच केही यस्ता गल्ती र असमझदारी हुन्छन् जसबारे पूर्वजानकारी हुने हो भने वैवाहिक सम्बन्धलाई दिगो बनाउन सकिन्छ । त्यसैले तपाईको वैवाहिक जीवन सुमधुर बनाउनका लागि पढ्नुहोस् यी १० टिप्स :

१) सफल वैवाहिक जीवनका लागि सबैभन्दा पहिलो र महत्वपूर्ण पक्ष भनेको एक–अर्कालाई बढीभन्दा बढी समय दिनु र धेरै समय साथमा बिताउनु हो ।

२) शारीरिक अन्तरंगता, करियरमा सफलतालगायत विषय मात्रै सफल वैवाहिक जीवनको कारक हैन । पति–पत्नीबीच आपसमा एक दोस्रोका लागि सौहार्दपूर्ण भावना राख्नु, एक दोस्रोको भावनालाई सम्झिनु र आपसी समझदारीबाट समस्याको हल गर्नु हो ।

३) वैवाहिक जीवनलाई सफल बनाउन एक अर्काको काम र पेशालाई सम्मान गर्नु पनि महत्वपूर्ण हुन्छ ।

४) शारीरिक सम्बन्धले वैवाहिक सम्बन्धमा घनिष्ठता ल्याउँछ । तर यो जरुरी हुँदैन कि तपाईं हरेक समय शारीरिक सम्बन्धकै बारेमा सोच्ने गर्नुहोस् ।

५) वर्षमा ४–५ दिनका लागि भए पनि बाहिर घुम्नु जानुहोस् । वैवाहिक जीवन सफल हुनुको श्रेय साहार्दपूर्ण र साथित्वको व्यवहारलाई पनि जान्छ । तपाई परम्परागत पति अथवा पत्नी मात्रै नबन्नुहोस् । एक असल साथी बन्नुहोस् ।

६)  वैवाहिक जीवनलाई सफल बनाउने अर्को महत्वपूर्ण पक्ष यो पनि हो कि तपाईं आफ्नो जीवन साथीलाई कुनै तेस्रो व्यक्तिका अगाडि अपमान नगर्नुहोस् ।

७) कैयौं पटक पति या पत्नीले आवश्यकताभन्दा बढी समय घरभन्दा बाहिर रहँदा अथवा समयमै घर नआउँदा पनि सम्बन्धमा दरार आउन सक्छ । यस्तो अवस्थामा आफू बाहिर रहनु तथा समयमै घर आउन नसक्नुको कारणबारे आफ्नो साथीलाई सत्य बताएर विश्वास दिलाउनु जरुरी हुन्छ ।

८)  कैयौं पटक कुनै एक विषयमा पति र पत्नीबीच फरक धारणा र सोच हुँदा पनि सम्बन्धमा तनाव उत्पन्न हुने अवस्था आउँछ । यस्तो अवस्था आउन नदिन एकअर्काको सोच, बिचार र सिद्धान्तको सम्मान गर्ने गर्नुपर्छ ।

९)  वैवाहिक जीवनलाई सफल बनाउन पति पत्नीले एक अर्काको आवश्यकतालाई बुझेर उसलाई पूरा गर्ने कोशिष गर्नुपर्छ । वैवाहिक जीवन समधुर रहन्छ ।

१०) जिम्मेवारी निभाउँदा मात्रै पनि वैवाहिक जीवन सफल हुँदैन । कहिलेकाँही दुवैजना मिलेर रमाइलो गर्ने, घुम्न जाने, सरप्राइज पार्टी दिनु पनि आवश्यक हुन्छ । यसले तपाईको जीवन साथीलाई खुसी दिने र नौलो महसुस गराउने छ ।