२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झगडा र तालमेलको कमी मात्र होइन, राम्रो सम्बन्धमा दुर्गन्ध पनि बन्न सक्छ बाधक



प्रतीकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । शरीरबाट आउने मिठो सुगन्धले निकटता बढाउने काम गर्छ भने कुनै पनि प्रकारको दुर्गन्धले यो निकटतालाई दूरीमा परिणत गर्ने काम गर्छ ।

शरीरको गन्धले शारीरिक घनिष्ठता बढाउन वा घटाउन सक्छ । यौन सन्तुष्टिमा शरीरको गन्धले ठूलो भूमिका खेल्छ । सुगन्धले हाम्रो मुड सुधार्न मात्र होइन, हाम्रो स्मरणशक्तिसँग पनि सम्बन्ध राख्छ ।

तपाईंको पार्टनरको सुगन्धले तपाईंलाई सँगै बिताएका सुन्दर पलहरूको सम्झना गराउँछ । अहिलेसम्म तपाईले सम्बन्धमा सुगन्धको भूमिका बुझिसकेको हुनुपर्छ । त्यसैले यसतर्फ ध्यान दिनु अत्यन्त जरुरी छ ।

शरीरमा दुर्गन्ध आउनुको प्रमुख कारण सरसफाइको कमी हो । यसबाहेक हर्मोनको परिवर्तनका कारण पनि शरीरमा दुर्गन्ध आउन सक्छ ।

सास गन्हाउने
सासको दुर्गन्धलाई कसैले चाहेर पनि बेवास्ता गर्न सकिँदैन । यो गन्ध व्यक्तिगत मात्र होइन व्यावसायिक जीवनमा पनि अप्ठ्यारोको कारण बन्न सक्छ । पायोरिया सास गन्हाउने कारण हुन सक्छ, तर सामान्यतया यो समस्या सरसफाईको कमीको कारणले हुन्छ । चुम्बन रोमान्सको पहिलो चरण हो र सासको दुर्गन्धले पार्टनरको मुड बिगार्न सक्छ ।

खुट्टाबाट आउने गन्ध
कतिपयको खुट्टाबाट अनौठो गन्ध आउँछ । जुत्ता फुकालेर कतै बस्यो भने वरपरका मानिसहरूको जीवन कष्टकर हुन्छ । घनिष्ट पलहरूमा खुट्टाबाट आउने दुर्गन्धले चाहेर पनि दुवैलाई नजिक ल्याउन सक्दैन र बिस्तारै सम्बन्धमा रोमान्स हराउन थाल्छ ।

पसिनाको गन्ध
कसै–कसैलाई पसिनाको यस्तो दुर्गन्ध आउँछ कि नजिकै बस्न गाह्रो हुन्छ । यदि तपाईको पसिनाबाट पनि नराम्रो गन्ध आउँछ भने, यसले तपाईको सम्बन्धबाट ती विशेष पलहरू हटाउन सक्छ । नियमित नुहाएर, डिओडोरेन्ट वा अत्तरको प्रयोग गरेर दुर्गन्धलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

कपालबाट आउने गन्ध
गर्मी र पसिनाका कारण छालासँगै कपाल पनि टाँसिने हुन्छ र कपाल नियमित सफा नगर्दा अनौठो गन्ध आउन थाल्छ । यो गन्धले तपाईंको पार्टनरलाई तपाईंको नजिक आउनबाट रोक्छ ।

गोप्य अंगबाट आउने दुर्गन्ध
यसको दुर्गन्ध सहन धेरै गाह्रो हुन्छ र यस कारण पार्टनरले घनिष्ठ क्षणहरूको बारेमा सोच्न असमर्थ हुन्छ । यसको सबैभन्दा ठूलो कारण सरसफाइको अभाव हो । शरीरका साथसाथै यस अंगको सरसफाई पनि निकै महत्वपूर्ण हुन्छ । यसबाहेक अन्डरगार्मेन्ट सफा राख्नुहोस् र सुती कपडाबाट बनेको अन्डरगार्मेन्ट छनोट गर्नुहोस् । जसले दुर्गन्ध नियन्त्रण गर्न निकै सहयोगी हुन्छ ।