२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआइजी श्यामलाल ज्ञवालीको गल्ती कि राजनीतिक पूर्वाग्रह ?



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी श्यामलाल ज्ञवालीमाथि नै प्रहरीले छानबिन थालेको छ ।

एआइजी ज्ञवालीविरुद्ध गृह मन्त्रालयमा उजुरीपछि प्रहरी प्रधान कार्यालयले अर्का एआईजी टेकप्रसाद राईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेर छानबिन थालेको हो ।

ज्ञवालीलाई तत्कालीन गृहमन्त्री रवि लामिछानेले सीआईबीको प्रमुख बनाएर लगेका थिए । त्यसबेला सीआईबी प्रमुख रहेकी किरण बज्राचार्यलाई उनले हटाएका थिए । लामिछानेले राजनीतिक प्रतिसोध साँधेको आरोप खेप्नु परेको थियो ।

नयाँ सरकार गठन भएपछि अहिले रविले सीआईबी प्रमुख बनाएका ज्ञवालीमाथि छानबिन थालिएको हो । उनलाई कारबाही नै गर्ने तयारी गरिएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एआइजी ज्ञवालीविरूद्ध विभिन्न उजुरी परेकाले छानबिन गर्न लागेको हो । कतिपय मुद्दा पहिल्यै छानबिन भइसकेको विषयमा पनि उजुरी परेको स्रोतले जनाएको छ ।

६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायत विषयहरू छन् ।

ज्ञवालीको नेतृत्वमा सुन प्रकरणको दोस्रो चरणको अनुसन्धान सकेर प्रहरीले मुद्दा बुझाइसकेको छ । तर उनले यो अनुसन्धानमा पनि राजनीतिक आस्था देखाएको आरोप लागेको छ ।

ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन् । त्यसअघि नै छानबिन गरेर उनलाई कारबाही गर्ने तयारी छ ।

तर सरकार फेरिएपिच्छे प्रहरी संगठनभित्र हस्तक्षेप गरेर राजनीतिक पूर्वाग्रह साँधेको आरोप पनि अहिले सरकार र प्रहरी नेतृत्वले खेप्नु परेको छ ।