२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले सचिवालय बैठक जारी



अ+ अ-

काठमाडौं । आज नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ । हनुमानथान स्थित होटेल बसेरामा बैठक बसिरहेको छ ।

आजको बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षाको साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने नेकपा एमाले प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बस्न लागेको हो ।

यस अघि केन्द्रीय नेताहरूको अन्तर जिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो । नेताहरूलाई अब आफ्नै भूगोलमा खटाउने तयारी पार्टीले गरेको छ ।