२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारोबारको दोस्रो दिन सोमबार  नेप्से परिसूचक ३०.२७ अंकले बढेर नेप्से २०४०.७१ विन्दुमा



अ+ अ-

काठमाडौं । सोमबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३० दशमलव २७ अंकले बढेर २ हजार ०४० दशमलव ७१ विन्दुमा पुगेको छ । कारोबारको पहिलो घण्टामा २ हजार ०२२ दशमलव ७३ विन्दुबाट शुरु भएको बजार १ दशमलव ५१ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको रू. १ अर्ब ८१ करोड ५८ लाख बराबरको २६ लाख ४८ हजार ४६३ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार १४ हजार २६ पटकको व्यापारमा भएको हो ।

कारोबारको पहिलो घण्टामा साल्ट ट्रेडिङ र्कोरेशनको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९८, महुली लघुवित्तको शेयरमूल्य ९ दशमलव ९६ र उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशतले बढेको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३० करोड ६८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार १९५ मा कारोबार भइरहेको छ ।