२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा गुडिरहेको बसमा आगलागी



अ+ अ-

तुलसीपुर । दाङमा गुडिरहेको यात्रुबाहक बसमा  आगलागी भएको छ ।

बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताउनुभयो ।

आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ  । गाडीमा १५÷१६ जना यात्रु भएको प्रहरीले बताएको छ ।