२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्को अर्को बैठक मंगलबार बस्ने



अ+ अ-

काठमाडौं । विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा सिफारिस गर्ने उद्देश्यले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक केही समय बसेर स्थगित गरिएको छ । परिषद्को अर्को बैठक मंगलबार (३० मंसिर) बिहान ९ बजेका लागि बोलाइएको छ ।

बालुवाटारमा आइतबार बोलाइएको बैठक गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । ‘आइतबारको बैठक केही समय बसेर स्थगित भएको छ भने अर्को बैठक मंगलबार बिहान ९ बजेका लागि तय गरिएको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।

परिषद्का सबै सदस्यलाई मंगलबार हुने बैठकबारेको पत्र आइतबार नै पठाइएको छ । हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त छन् । ती निकायमा सिफारिस गर्न परिषद्मा रहने सबै पदाधिकारी बैठकमा सहभागी भएर आवश्यक निर्णय गर्न जनस्तरबाट चौतर्फी दबाब परिरहेको छ । राजधानी दैनिक