२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्को बैठक स्थगित



अ+ अ-

काठमाडौं । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित हुने भएकाले बैठक स्थगित गरिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका थिए । तर विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठकमा नआउने बताएका हुन् ।  

विपक्षी दलका नेता नै अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार अर्को बैठक थप परामर्शपछि मात्र तय हुनेछ ।

अख्तियार दुरुपयोग, अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोगलगायतका संवैधानिक निकायमा लामो समयदेखि पदपूर्ति हुन सकेको छैन ।