२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक र सामाजिक रुपान्तरण गर्ने अभियानमा छौं: अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्ने अभियानमा सरकार रहेको बताउनुभएको छ ।

आईतवार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको उल्लेख गर्नुभयो । उहाँले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदलेको तर जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अब जनताका अधिकारलाई उपयोग गर्ने परिस्थिति बनाउने बताउनु भयो ।

उहाँले मुलुक आर्थिक रुपमा सक्षम नभएसम्म संविधानमा लेखेका अधिकारहरु जनताले उपभोग गर्न नपाउने बताउनु भयो । उहाँले अब सामाजिक र आर्थिक रुपान्तरमा लाग्नुपर्छ भन्ने मिसनमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक अस्थिरताबाट सिर्जित क्रियाकलापको कारणले अर्थतन्त्रमा शिथिलता देखापरेको बताउनु भयो ।

अर्थतन्त्रको शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रियाकलापहरुलाई बिस्तार गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले सरकारले जनतामा छाएको निरासा चिर्ने र आशा जगाउने दुई वटा कुरामा विशेष ध्यान दिएको छ । सरकारको यो नै महत्वपूर्ण कार्यभार र ठम्याई हो भन्ने छ । हामीले सात दशकष् लामो संघर्ष गरेर व्यवस्था बदल्यौं । संविधान बनायौं । संविधानमा सम्पूर्ण जनताका अधिकारलाई समावेश गराइएको छ । दुनियाँका कुनैपनि लोकतान्त्रिक मुलुकहरुको संविधानसँग तुलना गर्दा हाम्रो संविधान अगाडि नै छ । संविधानमा उल्लेख नागरिकका अधिकार जनताले उपयोग गर्ने परिस्थिति बाँकी छ ।

अबसम्म मुलुक आर्थिक रुपमा समृद्धशाली र सक्षम हुँदैन । तब सम्म संविधानमा लेखेका अधिकारहरु जनताले उपभोग गर्न पाउँदैनन् । व्यवस्था बदलिसकेकाले अब सामाजिक र आर्थिक रुपान्तरमा लाग्नुपर्छ भन्ने मिसनमा सरकार केन्द्रित छ । राजनीतिक अस्थिरताबाट सिर्जित क्रियाकलापको कारणले अर्थतन्त्रमा सिथिलता देखापरेको छ ।

अर्थतन्त्रको शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउँदै गतिशिल बनाउँदै आर्थिक क्रियाकलापहरुलाई विस्तार गर्ने नागरिक र मुलुकको भविष्यप्रति विश्वास जगाउने छ भन्ने विषयमा सरकार केन्द्रित छ । जनतामा आशा जगाउँदै अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक सामाजिक रुपमा समृद्ध तुल्याउने महाअभियानमा छ ।’

उहाँले अडानले मुलुकको आर्थिक क्रियाकलापलाई पारदर्शी, स्वस्थ र अनौपचारी अर्थतन्त्रलाई औपचारीक अर्थतन्त्रको दायरामा ल्याउन महत्वपूर्ण भुमिका खेल्न आग्रह गर्नुभयो । उहाँले आर्थिक क्रियाकलापमा हुने आर्थिक अपारदर्शिता नहुने गरी भुमिका खेल्ने अपेक्षा लिएको बताउनु भयो ।




भर्खरै