२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्टा सिंचाई अयोजनामा देखिन थाले चुनौति



अ+ अ-

काठमाडौं । झन्डै ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतिहरु देखा परेका छन् । 

राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको ४५ किलोमिटर निर्माण भैसकेको छ । तर पूर्ण रुपमा निर्माण सम्पन्न भइनसक्दै आयोजनाले चुनौतिहरु समान गर्नुपरेको छ । नहरको पुलमा लगाएका

र्यालिङहरु चोरी हुने, माछा मार्नका लागि नहरको पानी खोलिदिने लगायतका चुनौति समाना गर्नुपरेको छ । सिक्टा सिंचाई आयोजनाका आयोजना निर्देशक लोकबहादुर थापाले निर्माण भएको ठाउँमा कमजोर धरातलका कारण नहर भित्र बनाइएका स्याल्यापहरु मटोमा भासिने भएको हुनाले पनि काम गर्न समस्या भइराखेको बताउनुभयो ।

सिक्टा नहरमा खास गरेर घुलनसिल माटो भएको कारणले नहरको संरचना भत्किने गरेको छ । यस्तै जंगलको बाटो भएकै कारणले पानी खेत सम्म पुगउन गाह्रो भएको थियो । तर पनि पानी ल्याउन सफल भएको अयोजनाका इन्जिनियर नरेस पाण्डेले बताउनु भयो ।

सिक्टा सिंचाईको ठुलो शाखाको रुपमा रहेको डुडुवा नहरमा अव्यवास्थीत रुपले नहरमा पुल निर्माण र ढल निकास बनाएपछि खेतमा पानी पु¥याउन थप जटिल देखिएको छ । सिक्टा सिंचाई अयोजना बाँकेको पहलमा काम भइराखेपनि स्थानीय निकायहरु भने मौन देखिन्छन् ।




भर्खरै