२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस बारे जन्नुहोस् यी तथ्यः २८ दिनसम्म रहन सक्छ भाइरस मोबाइल र नोटमा



अ+ अ-

कोरोना भाइरस प्रायः मान्छेले खोक्दा, हाक्ष्युँ गर्दा या बोल्दा सर्ने गरेको छ । तर कतिपय अवस्थामा हावा र सतह, यसबाट दुषित हुँदा त्यसले पनि संक्रमण फैलाउने गरेको यसअघि प्रमाणित भएको थियो । विशेषगरी संक्रमित व्यक्तिले धातु, प्लाष्टिकहरु छुँदा त्यसमा भाइरस रहन सक्ने अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बताएको थियो ।

त्यसैगरी पहिले गरिएका ल्याब टेस्टमा कोभिड–१९ बैंकका नोट अनि सिसामा दुईदेखि तीनदिन अनि प्लाष्टिक र स्टिलमा चाहिँ ६ दिनसम्म जिवित रहन सक्ने बताइएको थियो । नयाँ अनुसन्धानपछि कोरोना भाइरस पैसाको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता सतहमा २८ दिनसम्म संक्रमक रहन सक्ने पत्ता लागेको छ । तर अष्ट्रेलियन एजेन्सी सिस्रोले भने यो भाइरस २८ दिनसम्म पनि आक्रामक रुपमा जिवित रहिरहेको पत्ता लगाएको छ । त्यस्तै अष्ट्रेलियाको एजेन्सी नेसनल साइन्सले गरेको यस रिसर्चपछि कोभिड–१९ यसअघि विश्वास गरिए भन्दा अझ लामो समयसम्म जिवित रहने गरेको पत्ता लागेको हो ।

२० डिग्रीको तापमान, अर्थात सामान्य रुम तापक्रममा अनि चिल्ला सतह जस्तै ग्लास, मोबाइल फोनको स्क्रिन, प्लाष्टिक र पेपरका नोट लगायतमा यो जिवित रहन सक्छ । उनीहरुका अनुसार विशेषगरी अँध्यारो अनि चिसोमा भाइरस सोचेभन्दा धेरै लामो समयसम्म संक्रमक अवस्थामा रहन्छ । तर तापमान बढ्दै जाँदा भने भाइरसको जिवित हुने सम्भाव्यता कम हुँदै जाने पनि यसमा पत्ता लागेको छ । यसले फेरि पनि सबैमा हात धुनु अनि स्यानिटाइज गरिरहनुलगायत सरसफाइको महत्वबारे ध्यानाकर्षण गराएको अध्ययनका प्रमुख डाक्टर इगल्स बताउँछन् ।

उनका अनुसार यो अझ पेपर भन्दा प्लाष्टिकका पैसाका नोटमा अझ लामो समय जिवित रहन सक्छ । तर अर्कोतर्फ तापमान ३० नाघेपछि भने भाइरसको जिवित रहने दर उल्लेखनीय रुपमा घटेको पाइएको हो । यसलाई फ्लु भाइरससँग तुलना गर्दा फ्लु भाइरस त्यही तापमान, त्यही अवस्थामा १७ दिनसम्म जिवित रहन सक्छ ।

त्यस्तै लुगाहरुमा पनि यो धेरै प्वाल भएका भन्दा नभएका र चिल्लो सामग्रीबाट बनेका कपडामा १४ दिन भन्दा बढी समयसम्म जिवित रहन सक्ने पत्ता लागेको हो ।  सिस्रोकी प्रमुख डाक्टर ल्यारी मार्सल भन्छिन्, “यो रिसर्च किनपनि जरुरी छ भने भाइरस सतहमा कतिन्जेल रहन सक्छ भन्ने थाहा पाउनुले हामीलाई यसको फैलावट नियन्त्रण गर्न अनि मान्छेहरुलाई संक्रमणबाट जोगाउन केमा बढी ध्यान दिनुपर्छ भनेर सजगता अपनाउन मद्दत गर्दछ । ”

यसअघि विश्वभरि नै मासु प्रोसेस गर्ने उद्योगमा हजारौँ कामदारहरु संक्रमक भएको पाइएको थियो जहाँको तापमान चिसो अनि तुलनात्मक रुपमा अँध्यारो हुने गर्दछ । तर अझैपनि वास्तविक जीवनमा सतहले संक्रमणको कति जोखिम गराउँछ भन्नेमा धेरै विज्ञहरुले शंका व्यक्त गर्दै आएका छन् । बीबीसीबाट