२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रलाई कुनै पनि हालतमा फुट्न दिन्न: प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका नेताहरुलाई एक ठाउँमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधवार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीका कार्यकर्ताहरुलाई पार्टी फुट्छ की भन्ने चिन्ता नलिन आग्रह गर्नुभयो । उहाँले अब फुटेर गएका नेताहरु पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको जिकिर गर्नुभयो । उहाँले माओवादीबाट विगतमा छुट्टिएकाहरु एकता गर्नुको विकल्प नरहेको भन्दै पार्टी एकताका लागि आइरहेको बताउनु भयो । उहाँले फुटेका नेताहरु एकजुट गरी पुन: एकपटक पार्टीको नेतृत्व गर्ने आँट आफूले गरेको बताउनु भयो । उहाँले माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न नदिने भन्दै फुटहरुलाई कार्यक्रममार्फत अन्त्य गर्ने बताउनु भयो । उहाँले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरुलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरु छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो की रु म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरु पनि सबै जुट्नेतिर आएका छन् । छिटै तपाईंहरुले समाचार सुन्नुहुनेछ । हिजो माओवादीबाट अलग भएर धेरै गर्छौं भन्ने सपना बोकेका साथीहरु पनि अब एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नुभएको छ । मलाई विश्वास छ, ति साथीहरु छिटै पार्टी एकतामा आउँछन् । यो पार्टी फुट्ने होइन, फुटेका साथीहरु पनि जुट्ने परिस्थिति बन्छ, म त्यसको एकपटक फेरि नेतृत्व गर्ने आँट मैले गरेको छु । हाम्रोभित्र तपाईंहरुले सुन्नुभएको छ, यस्तो भयो, त्यस्तो भयो, आदि इत्यादि । यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन । फुटेकालाई जुटाइन्छ । फुटहरु जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ । सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने शुरुवात गरिन्छ ।’

अध्यक्ष दाहालले नयाँ कार्ययोजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताउनु भयो । उहाँले आफूले एक ढंगको बिद्रोहको झण्डा उठाइसकेको दाबी गर्नुभयो । उहाँले समाजवादको निम्ति प्रतिक्रान्तिका बिरुद्ध क्रान्तिको झण्डा उठाएको बतानु भयो ।