२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछापुच्छ्रे बैंकको साधारण सभा पुस २ मा तय, १०.४ प्रतिशत लाभांश पारित हुने



अ+ अ-

काठमाडौं । माछापुच्छ्रे बैंकले पुस २ गते साधारण सभा गर्ने तय भएको छ । उक्त साधारण सभाबाट १०.४ प्रतिशत लाभांश पास हुने भएको छ । बैंकले ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सभाले पास गरेपछि बैंकका लगानीकर्ताले उक्त लाभांश  प्राप्त गर्न सक्ने छन् । उक्त लाभांश असोज २२ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताहरुले  प्राप्त गर्न सक्नेछन् ।  

साथै बैंकले साधारण सभाबाट विदेशी रणनीतिक साँझेदार भित्र्याउन बाटो खुल्ला गर्ने जनाएको छ । उक्त साझेदारका लागि सम्पूर्ण अधिकारी सञ्चालक समितिमा प्रत्यायोजन हुने भएको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग मर्जर वा प्राप्तिमा जानका लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिने बताइएको छ । त्यस्तै, सोही साधारण सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट ३ जना नयाँ सञ्चालक समिति सदस्य पनि निर्वाचित गर्ने जनाएको छ ।