२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चांगाथलीका २० वर्षे हिमाञ्चल राज केसीले जिते फेस अफ नेपाल २०२४ को टाइटल



अ+ अ-

काठमाण्डौ । ललितपुर चांगाथलीका २० वर्षे युवक हिमाञ्चल राज केसीले एशिया मोडेल फेस्टिबलको लागि ‘फेस अफ नेपाल २०२४’ उपाधि जितेका छन् ।

‘फेस अफ नेपाल २०२४’ टाइटल जितेसंगै हिमाञ्चलले आउँदो नोभेम्वरमा दक्षिण कोरियामा आयोजना हुने एशियाली मुलुकका मोडेलहरुबीच प्रतिष्पर्धा हुने फेस अफ एशिया अर्थात एशिया मोडेल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउनेछन् ।

राजधानीको दरवारमार्गस्थित होटेल याक एण्ड यतीमा बिहीबार साँझ आयोजित फाइनल प्रतियोगितामा सहभागी अन्य ९ जना प्रतिष्पर्धिलाई पाखा लगाएर हिमाञ्चलले सो उपाधि जितेका हुन् । यसअघि उनी उत्कृष्ट १० मा छनौट भएका थिए ।

सो प्रतियोगितामा आर्यन सोनी चौधरीले जज च्वाइस जितेका छन भने फेस अफ नेपालको महिलातर्फको टाइटल सिम्रन चन्द ठकुरी र टिना परियारले जितीन् ।

‘फेस अफ नेपाल २०२४’ मुख्य उपाधिको साथै हिमाञ्चलले देश विदेशबाट सर्वाधिक मतको उपाधि र उत्कृष्ट शारिरीक सुगठन गरि तीनवटा उपाधि जितेका छन् ।

महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीका व्यवसायी एवम् समाजसेवी राजकुमार र गृहणी सविता केसीका छोरा हिमाञ्चलराज राजधानीको कमलपोखरीस्थित इस्लिङ्गटन कलेजमा बिबिए चौथो सेमेष्टरमा अध्ययन गर्दैछन् । उनी २०६१ बैशाख ७ गते चांगाथलीमा जन्मेका हुन् ।

६ फिट १ इन्च अग्ला हिमाञ्चलले बर्जर पेण्टस् लगायत विभिन्न व्यवसायीक विज्ञापनहरुमा मोडेलको रुपमा खेलिसकेका छन् ।