२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली अस्वस्थ, आजका सबै कार्यक्रम रद्द



file-photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।

अचानक स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीले आजका सबै कार्यक्रम रद्द गर्नुभएको छ । प्रधानमन्त्री ओली हिजो पनि सार्वजनिक कार्यक्रममा देखिनु भएन ।

प्रधानमन्त्री ओली सहभागी हुने हिजो तीन वटा महत्वपूर्ण कार्यक्रम थिए । तर चिकित्सकसँग परामर्श गरेपछि उहाँ ती कार्यक्रममा सहभागी हुनुभएन ।

प्रधानमन्त्री ओलीले शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चतनारायण आचार्यसहित सवै मन्त्रीसँग भेट्ने कार्यक्रम रहेपनि स्वास्थ्यमा समस्या आएपछि आइतबार सारिएको छ ।

अस्वस्थताकै कारण प्रधानमन्त्री ओली नेकपा एमाले वन तथा वातावरण विभागले सामुदायिक वन दिवसको अवसरमा आयोजना गरेको वनको दिगो व्यवस्थापन, समृद्धि र जनवायु न्याय विषयक राष्ट्रिय नीति सम्वाद कार्यक्रममा समेत सहभागी हुनुभएन । प्रधानमन्त्री ओलीको सचिवालयले भने यस विषयमा कुनै औपचारिक जानकारी दिएको छैन ।