२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मान्छेको ज्यान बचाउँदा मुसाले पाए गोल्ड मेडल



अ+ अ-

पिपुल्स डिस्पेन्सरी फर सिक एनिमल्स (पीडीएसए) नामक बेलायती संस्थाले मागावा नामक मुसालाई स्वर्ण पदक दिइएको छ । कम्बोडियामा ल्यान्ड माइन पत्ता लगाएर मानिसको ज्यान बचाएकोमा एउटा मुसालाई नायकको उपाधि दिएको हो। लामो समय द्वन्द्वमा फसेको कम्बोडियामा दशौँ लाख ल्यान्डमाइन बिछ्याइएका थिए। त्यस्ता बम पड्किँदा सालैपिच्छे दर्जनौँ मानिस मारिने र घाइते हुने गर्छन्। ती बम हटाउन कम्बोडियाले अझै विदेशी सहयोग लिइरहेको छ। तर, यो निकै जटिल काम हो। 

मान्छेले टेक्नेवित्तिकै त्यस्ता बम विस्फोट हुन्छन्। तर, मुसाको तौल कम भएकाले बम टेकेपनि पड्किँदैन। मागावाले गत सात वर्षमा ३९ वटा ल्यान्डमाइन र २८ वटा विस्फोट नभएका बम फेला पारेको थियो। सो क्रममा उसले ३५ एकड जमिन जोखिमरहित बनाउन भूमिका खेलेको थियो।

मागावा अफ्रिकन जायन्ट पाउच्ड प्रजातिको मुसा हो र यसलाई तालिम दिन पनि सजिलो हुने बताइएको छ। मागावालाई विस्फोटक पदार्थ सुँघेर पत्ता लगाउने तालिम दिइएको थियो।