२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपेली सङ्घ (ईयू)को उडान खुला गर्न सकिने सङ्केत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको युरोपेली सङ्घ (ईयू) ले उडान खुला गर्न सकिने सङ्केत दिएको छ । हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि नेपाली हवाई सेवा प्रदायकलाई उडान प्रतिबन्ध लगाउने गरी सुरक्षा सूचीमा राखेको ईयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा पनि गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै ईयूले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको प्रतिबद्धताका कारण आएको सुधारको प्रशंसा गरेको हो । ‘नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा ईयू जानकार छ’, विज्ञप्तिमा उल्लेख छ ।

दर्ता भएको विधेयकको व्यवस्था अनुसार कार्यान्वयनमा ल्याउनु महत्वपूर्ण हुने पनि ईयूले जनाएको छ । नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुने ईयूले उल्लेख गरेको छ । खासगरी संसद्मा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीनवटा मापदण्ड कार्यान्वयनमा लैजान सकिने पनि ईयूले स्पष्ट पारेको छ । विज्ञप्ति अनुसार ब्रसेल्समा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पछिल्लो पटक भएका सुधारका विषयमा प्राविधिक छलफल अघि बढाउन सकिने बाटो यसले खुला गरेको छ । 

त्यसैगरी हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशक सहितको टोलीले नेपालमा भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ । सुरक्षा सूचीबाट बाहिरिएपछि सङ्घको हवाई सुरक्षा एजेन्सीबाट नेपालको मागका आधारमा आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउन सकिने विज्ञप्तिमा जनाएको छ । यो सहयोग ईयूले दक्षिण एसियाली उड्डयन सहकार्य परियोजना अन्तर्गत उपलब्ध गराइरहेको ६० करोड रुपियाँभन्दा बढीको सहयोगको विकल्पका रूपमा हुनेछ ।

ईयूले आफ्नो विज्ञप्तिमा उक्त परियोजना अन्तर्गत नेपालको प्राधिकरणले स्थानीय र क्षेत्रीय रूपमा सुरक्षा व्यवस्थापन गर्न प्रयास गरिरहेको उल्लेख गरेको छ । यस बाहेक फ्रान्स र जर्मनीले पनि प्राधिकरणलाई विशेष हवाई सुरक्षाका लागि प्राविधिक तालिम दिने काम कार्यान्वयन गरिरहेको पनि ईयूले जनाएको छ । ईयूले नेपाललाई सन् २०१३ डिसेम्बर ५ देखि सुरक्षा सूचीमा राखेको थियो । सुरक्षा सूचीका कारण नेपाली हवाई सेवा प्रदायकले युरोप उडान भर्न सकेका छैनन् । यसले नेपालबाट युरोपमा सीधा सम्पर्क नहुँदा पर्यटक आवागमनमा पनि समस्या हुँदै आएको छ । गोरखापत्र दैनिक