२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीको शैक्षिक सत्रलाई खेर जान नदिने गरी नेपालले पठनपाठन सुचारु गरिरहेका छैंः शिक्षामन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले कोभिड ९ १९० का कारण शैक्षिक क्षेत्रमा परेको असर र चुनौती सामना गर्न विश्वका सम्पूर्ण देशको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ । नेपाल खुला विश्वविद्यालय र अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयले संयुक्त रुपमा आयोजना गरेको चार दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यार्थीको शैक्षिक सत्रलाई खेर जान नदिने गरी नेपालले पठनपाठन सुचारु गरिरहेको बताउनुभएको थियो । भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कोभिडको कारण विश्वभर शिक्षा क्षेत्रमा गम्भीर असर परेको बताउनुभएको थियो ।

भर्चुअल माध्यमबाट गरिने शिक्षण र कोभिड–१९ पछिको शिक्षण रणनीतिका बारेमा छलफल गर्न आयोजित उक्त सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले महामारीका कारण आईपरेको संकटमा सरकारले सूचना प्रविधिमा आधारित रहेर वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिएको तथा संक्रमणको जोखिम नभएका ठाउँमा प्रत्यक्ष पढाइ शुरु गरेको बताउनुभयो । ‘२०२० स्टार कन्फरेन्स’मा नेपाल सहित अमेरिका, न्यूजिल्याण्ड, भारत लगायतका देशका शिक्षाकर्मीहरुको सहभागिता छ । सम्मेलनमा उच्च शिक्षाको नेतृत्व, शिक्षण पद्धति, कोभिड–१९ पछिको चुनौती लगायतका विषयमा छलफल हुनेछ ।

खुल्ला विश्वविद्यालयका उप–प्राध्यापक खेमराज जोशीका अनुसार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मैत्री शिक्षण र कोभिड १९ को विषम परिस्थितिमा अवलम्बन गरिएको शिक्षण रणनीति तथा शिक्षण अनुभवसँग सम्बन्धित विषयहरु माथि स्वदेशी तथा विदेशी विज्ञहरुको प्रस्तुति रहने छ । सम्मेलनमा ८१ वटा समानान्तर प्रस्तुती, ७ वटा प्यानल डिस्कसन र ३ वटा किनोट प्रस्तुती गरिने छन् ।

सम्मेलनको विशेष अतिथिका रुपमा म्यासाचुसेट इन्स्टिच्यूट अफ टेक्नोलोजी (एम.आइ.टी), लण्डन र एरिजोना विश्वविद्यालय, अमेरिकाका प्राध्यापक विश्व प्रख्यात दार्शनिक, तथा समालोचक अब्राहम नोम चोम्स्कीको सहभागिता रहने छ । नेपाल समाचारपत्र दैनिक