२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा झन्डै ६ मिलियन भवनहरू भूकम्पको जोखिममा



अ+ अ-

एजेन्सी । टर्कीमा लगभग ६ मिलियन भवनहरू भूकम्पको जोखिमामार रहेको सरकारले बताएको छ ।

ती मध्ये २ मिलियनलाई तत्काल नवीकरण आवश्यक रहेको टर्कीका वातावरण, शहरीकरण र जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले बताउनु भयो । टर्किएमा कुल ३६ मिलियन स्वतन्त्र एकाइहरू र ३१ मिलियन घरहरू छन् ।

कुरुमका अनुसार टर्की सरकारले ३.४ मिलियन आधुनिक भूकम्प प्रतिरोधी घरहरू निर्माण गरिसकेको छ र हाल २५ लाख रूपान्तरण घरहरू र सामाजिक आवास एकाइहरू सबैभन्दा बलियो, सुरक्षित र स्वस्थ तरिकामा निर्माण गरिरहेको छ ।

फेब्रुअरी ६, २०२३ मा मध्यरातमा दक्षिणी टर्की र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि अर्को दिन दिउँसो ७।७ म्याग्निच्युडको भूकम्प आएको थियो । टर्किएमा भूकम्पले ११ प्रान्तहरूलाई ध्वस्त पारेको थियो ।

५३ हजार भन्दा बढी मानिसहरूको मृत्यु हुनुका साथै लाखौँ बिस्तापित भएका थिए ।