२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा वामपन्थी नेता तथा पूर्व सांसद गणेश पण्डितको स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार मापन गर्न सक्नुपर्ने बताउनु भयो ।

गणेश पण्डितको मूल्यांकन पनि सोही कोणबाट गर्नुपर्ने बताउनु भयो । उहाँले स्व। पण्डितले २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखि राजनीतिमा होमिएको स्मरण गर्नुभयो । उहाँले अनेक यातना र जेलनेल भोग्दा समेत कष्टपूर्ण यात्रामा राजनीतिमा हामिनु महत्वपूर्ण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार हामीले मापन र मूल्यांकन गर्नुपर्छ । गणेश पण्डितको मूल्यांकन पनि यही कोणबाट गरिनुपर्छ । २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखि व्यवस्थाको विपक्षमा उहाँ जनपक्षिय राजनीतिमा होमिनुभएको थियो ।

व्यक्तिगत लाभका अनेकौँ अवसरहरु थिए होलान् । तर तिनीहरुलाई बेवास्ता गर्दै जिल्लाको शैक्षिक उन्नयनका लागि समर्पित हुनुभएका स्व। पण्डितले पञ्चायती कालरात्रीको समयमा अनेक यातना र जेलनेल भोग्दा समेत राजनीतिक कष्टपूर्ण यात्रामा राजनीतिमा होमिनुभयो । त्यसैले अफ्ठ्यारो परिस्थितिमा समेत निडरताका साथ देश र जनताको पक्षमा उभिनुभयो ।’

पूर्वराष्ट्रपति भण्डारीले अफ्ठ्यारो परिस्थितिमा समेत नेता र कार्यकर्ताले देश र जनताका लागि निडरताका साथ उभिनुपर्ने बताउनु भयो ।