२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत पुरा



फाईल फोटो
अ+ अ-

भैरहवा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताउनुभएको छ । विभिन्न कारणले तोकिएकै मितिमा सम्पन्न हुन नसके पनि विगतमा झण्डै हातखुट्टा छोडिसकेको यो विमानस्थल फेरि उठेर पहिले सम्पन्न हुने गौरवको आयोजना बन्न लागेको उहाँले बताउनुभयो । विमानस्थल आयोजनाका अनुसार अहिलेसम्म निर्माणको ९३ प्रतिशत काम सकिइसकेको छ । अब पाँच प्रतिशत उपकरण जडान र दुई प्रतिशत लाइट फिनिसिङका काम मात्र बाँकी छन् ।

चिनियाँ ३५ र थाई ३० जना प्राविधिक कोभिड–१९ का कारण आउन नसक्दा प्रभावित भएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीको भनाइ छ । विमानस्थल निर्माणको अन्तिम म्याद सकिन २५ दिन मात्र बाँकी रहँदा मन्त्री भट्टराईले ती दिनलाई भरपुर सदुपयोग गर्न आयोजनाका अधिकारीहरूलाई निर्देशन दिनुभयो । चिनियाँ प्राविधिकहरू छिट्टै आउने टुङ्गो लागेको जनाउँदै उहाँले थाई प्राविधिकहरू पनि चाँडै आउने आशा व्यक्त गर्नुभयो । कोभिडका कारण आउन नमानेका थाई प्राविधिकहरूलाई ल्याउन अनेक प्रयास भइरहेको जानकारी गराउँदै उहाँले अब पनि नआए वा आउन नसके सरकारले अर्को विकल्प खोजेरै भए पनि काम अघि बढाउने जानकारी गराउनुभयो । त्यसका लागि उपल्लोस्तरमा छलफल भइरहेको पनि उहाँले बताउनुभयो ।

अब पनि अल्झिन नहुने भन्दै मन्त्री भट्टराईले समय थपको औचित्य पुष्टि गर्न २५ दिनको गृहकार्य दिन्छु भन्नुभयो । विगतमा अगाडि बढ्न सक्दैन कि भन्ने अवस्थामा पुगेको विमानस्थलको निर्माण आफूले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालेयता उत्साहजनक गतिमा बढेको भन्दै उहाँले कामको रफ्तार बढाउने आयोजनाका सबै प्रशंसाको पात्र भएको बताउनुभयो । उहाँले थुप्रै देशका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले गौतमबुद्ध विमानस्थलमा उडानका लागि चासो देखाएको समेत जानकारी दिनुभयो ।

विमानस्थल निर्माणको हालसम्मको प्रगतिबारे जानकारी गराउँदै आयोजनाका प्रमुख अधिकारीले कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण विदेशी प्राविधिक जनशक्ति आउन तयार नभएकाले केही समस्या भए पनि बाँकी काम तीव्र गतिमा भइरहेको उल्लेख गर्नुभयो । उहाँले बन्दाबन्दी र कोभिडको त्रासबीच पनि स्वदेशी प्राविधिक र कामदारहरूबाट सम्भव हुने सबै काम गरिएको बताउनुभयो ।

आफ्नो देशको नयाँ वर्ष मनाउन गएका तर कोभिडका कारण उतै रोकिएका चिनियाँ प्राविधिकले कोभिड विरुद्धको पहिलो खोप लगाइसकेको र खोपको कोटा पूरा गरेलगत्तै यहाँ आउने टुङ्गो लागेको जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव यादव कोइरालाले आयोजना सम्झौता अनुसार काम अगाडि बढाउनुपर्ने बताउँदै विदेशी प्राविधिकहरू ल्याउन कूटनीतिक पहल जरुरी भए त्यस्तो पहल गर्ने स्पष्ट पार्नुभयो । गोरखापत्र दैनिक