२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री बाँस्कोटाको गर्जन : “नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन”



अ+ अ-

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गर्नुभएको छ । उहाँले नेपाल सरकार तथा एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (शिक्षा)को विपद् उत्थानशील विद्यालय परियोजनामार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठ्ठेमा मङ्सिर १९ गते  सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे नवनिर्मित भवनको उद्घाटनका क्रममा नेकपामा पदको चाहना गर्नेले धैर्यता राखेर महाधिवेशन कुर्न आग्रह गर्नुभयो । 

नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका बाँस्कोटाले महाधिवेशन कुर्न पनि धैर्यताको वैज्ञानिक आधार हुनुपर्ने बताउनुभयो । “पार्टीभित्र व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रनु हुन्न, यसले समस्या झन बल्झाउँछ, तथ्यगत रुपमा बहस–विमर्श हुनु जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले नेकपा मिलाउने जिम्मा नेकपाकै भएकाले नेकपा नफुट्ने दाबीसमेत गर्नुभयो । 

“नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन”, उहाँले थप्नुभयो । बाँस्कोटाले नेकपामा विवादमा अधिकतम सैद्धान्तिक, वैचारिक, राजनीतिक र तथ्यगत विषयको टुङ्गो लाग्नुपर्ने बताउनुभयो । “जनताको चाहना नेकपा एक भएको हेर्ने नै छ, छ–छ महिनामा सरकार फेरिएको हेरिरहेका जनताले पाँचवर्षे एउटै सरकार भएको हर्ने चाहना हो, त्यसमा पनि राजनीतिक स्थिरता मूल कुरा हो”, उहाँले भन्नुभयो ।