२२ असार २०८३, सोमबार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यति एयरलाइन्सको माउन्टेन फ्लाइट शुरु, एक टिकट किन्दा अर्को सित्तैमा



अ+ अ-

काठमाडौं । यति एयरलाइन्सले आज (शनिबार) देखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) शुरु गरेको छ । 

एयरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजना अनुसार आज बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताउनुभयो । उहाँका अनुसार आजबाट प्रत्येक शनिबार नियमित रुपमा दुईवटा पर्वतीय उडान हुनेछन् । एयरलाइन्सले सस्तो प्याकेजमा उडान गर्ने भएपछि यात्रुहरुको चाप पनि बढी देखिएको छ । एयरलाइन्सले सगरमाथाको उचाई बराबरको मूल्य ८ हजार ८ सय ४८ रुपैयाँमा एक टिकट किन्दा अर्को सित्तैमा दिने प्याकेज ल्याएको छ । जसका कारण माग बढेको प्रवक्ता बार्तौलाले बताउनुभयो । 

यस्तै एक जना व्यक्ति मात्रै यात्रा गर्ने हो भने ७ हजार ८ सय ४८ रुपैयाँमा झ्यालको सिट पाउने गरी टिकट उपलब्ध गराइएको पनि उहाँले बताउनुभयो । कोभिडको समयमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरी उडान गरिएको बार्तौलाले बताउनुभयो ।

पर्वतीय उडानमा सहभागि भएका यात्रुहरुले नजिकैबाट हिमालय देख्न पाउँदा खुशी लागेको बताएका छन् । एउटा टिकट किन्दा अर्को सित्तैमा पाउँदा सस्तो पनि भएको र जहाजबाट हिमाल अवलोकन गर्दा निकै आनन्द महसुस भएको बताए । शनिबारको पर्वतीय उडानमा जानु भएका ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सस्तोमा पर्वतीय उडान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।   

एयरलाइन्सले यात्रुहरुको माग बढ्दै गए उडान संख्या बढाउँदै जाने बताएको छ । कोभिडको कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उठाउन र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्वतीय उडानमा भारी छुट दिइएको एयरलाइन्सले बताएको छ ।