२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राविधिक अध्ययन गरेर च्यासल क्षेत्रको डुबान रोक्छौंः भौतिकमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधान गर्ने बताउनुभएको छ ।

पानीको बहाव बढ्ने बित्तिकै मनोहरा खोलाले च्यासल क्षेत्र डुबानमा पर्ने भन्दै उहाँले सोबारे अध्ययन गरी डुबान हुन नदिने प्रतिवद्धता जनाउनुभएको हो । च्यासल क्षेत्रमै रहेको नेकपा एमाले केन्द्रिय पार्टी कार्यालय पनि डुबान पर्दै आएको छ ।

डुबानका विषयमा मंगलवार निरीक्षणका क्रममा मन्त्री दाहालले एमाले पार्टी कार्यालय अगाडि मनोहरा खोलाको पुल हटाउने वा मर्मत गर्ने सन्दर्भमा ललितपुर सडक डिभिजन कार्यालयका प्रमुखसहित निरीक्षण गर्नुभएको थियो । खोला निरीक्षणपछि मन्त्री दाहालले मनोहरा खालाको पुललाई मर्मत वा विकल्प खोज्ने सन्दर्भमा निरीक्षण गरिएको बताउनु भयो ।

उहाँले मोटरेवल पुल हटाउने वा पुलको तलको भागलाई हटाउने विषयमा प्राविधिकहरुसँग बसेर निर्णय लिने पनि जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पुलमुनीको भाग साँघुरो भएकाले पानी बग्न नपाउँदा पार्टी कार्यालयसहित च्यासल फुटबल मैदान र आसपासका बस्तीमा पस्ने गरेको बताउनु भयो । उहाँले च्यासल क्षेत्रको सडक महत्वपूर्ण भएकाले पानीको बहाव बढ्नासाथ डुबान हुने अवस्थाबाट मुक्त गर्न आवश्यक रहेको बताउनु भयो ।

ललितपुर सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द अधिकारीले मनोहरा खोलाको पानी सहज रुपमा बग्नको लागि पुलमा समस्या देखिएको बताउनु भयो ।

उहाँले पुलको तलपट्टीको भागले पानीलाई रोकेको भन्दै प्राविधिकसहित आएर अध्ययन गर्न मन्त्रीले निर्देशन दिनुभएको बताउनु भयो । उहाँले कार्यालयले चाँडै प्राविधिक अध्ययन गरेर कार्यान्वयन गर्ने पनि बताउनु भयो ।

उहाँले पुल मर्मत गरी पानी सहज रुपमा बग्नसक्ने अवस्था आए मर्मत मात्रै गर्ने, अन्यथा पुल भत्काएर अर्को बनाउने विकल्प खोज्ने बताउनु भयो ।




सम्बन्धित समाचार
भर्खरै