२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  को सचिवालय बैठक सुरू भएको छ। नेकपाको सचिवालय बैठक शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । 

शनिवार बैठक बस्नुअघि नेकपा अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहालबिच 'वान टु वान' छलफल भएको थियो । अध्यक्षद्वयको छलफल सकिए लगत्तै सुरु भएको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली पनि सहभागी भएका छन्। 

पछिल्लो समय नेकपामा दुई अध्यक्षले एक अर्कामाथि आरोप प्रत्यारोप लगाइरहेका छन्। आरोप प्रत्यारोपसंगै दुई अध्यक्षबीच विवाद चुलिँदा नेकपा विवाद साम्य हुने भन्दा झन् चर्किदै गएको छ।

केही समयअघि अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा १७ पेज लामो प्रतिवदेन पेश गरेका थिए। उक्त प्रतिवेदनलाई ओली पक्षमा नेताहरूले ‘आरोपपत्र’ भनेका थिए। सोही प्रतिवेदनको जवाफ लागि ओलीले १० दिन मागेका थिए।

त्यसपछि उनले पनि ३८ पेज लामो प्रतिवदेन तयार गरेर सचिवालयमा पेश गरे। उक्त प्रतिवेदनमा ओलीले प्रचण्डले लगाएका सबै आरोप फिर्ता लिनु पर्ने उल्लेख गरेका थिए।