२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गाईजात्रा परेड



गाईजात्रा उत्सव मनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक काठमाडौँ, ४ भदौः नील हिरा समाजद्वारा मङ्गलबार काठमाडौँको ठमेलमा २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मनाउँदै । जहाँ नेपालभरबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिको सहभागिता रहेको छ । तस्बिरः प्रदीपराज वन्त÷रासस
अ+ अ-

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीवीटीआई) समुदायले गाईजात्राको अवसरमा परेड प्रदर्शन गरेका छन् ।

यौनिक अल्पसंख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (नील हिरा समाज)ले मङ्गलबार काठमाडौँमा आयाजना गरेको २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मा गाईजात्रा परेड प्रदर्शन गरेका हुन् ।

उनीहरु विभिन्न भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका छन् । उकत कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर शाह सुडी लगायत विभिन्न कलाकारहरु सहभागि छन्।

अंग्रेजी पात्रोअनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ । यो महिनामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्छन् । नेपालमा भने गाईजात्रामा परेड निकाल्ने गरेका छन् ।

 

तस्बिरः प्रदीपराज वन्त/रासस