२२ असार २०८३, सोमबार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । 

हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली रही र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली भई ती तीनवटै प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री र अधिकतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।