२२ असार २०८३, सोमबार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालयको बैठक बस्दै , दुबै अध्यक्ष आफनो समुहका नेतासंग छलफलमा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  सचिवालयको बैठक  दिउसो १ बजे बस्ने भएको छ । गत १८ गते बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि बैठक आजका लागि बोलाईएको हो । अध्यक्ष ओलीको अनुपस्थितीमा भएको छलफलमा २० गते सचिवालय र २१ गते स्थायी समितिको बैठक बस्ने मिति तय भएको थियो ।

आजकौ बैठकमा पनि दुई अध्यक्षले पेश गर्नुभएको अलग अलग प्रस्ताब माथी  सचिवालयका सदस्यहरुले आ–आफनो दृष्टिकोण राख्ने छन् ।  दुई  अध्यक्ष केपी शार्म ओली र पुष्पकमल दाहाल बीच सहमतिको  लागि पहल गर्न दुबै पक्षका नेताहरु सक्रिय भएपनि कुनै सकारात्मक छनक भने नदेखिएको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।

अध्यक्ष ओली सहमति पछि मात्र छलफल लाई अघि बढाउनु पर्ने पक्षमा हुनुहुन्छ भने अध्इक्ष दाहाल – नेपाल समुह  बहुमत बाट नै अघि बढ्नु पर्ने पक्षमा रहदै आउनु भएको छ ।  सचिवालय बैठक बस्नु अघि दुबै अध्यक्षहरुले आ आफनो निकट नेताहरु संग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफु निटक नेताहरु संग बालुवाटारमा बिहानै देखी छलफल गर्नुभएको छ भने अर्का अध्यक्ष दहालले स्थायी समितिमा रहेका पूर्ब माओबादीका नेताहरु छलफल गर्नुभएको छ ।