२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रद्धा कपुरले मोदीलाई पछि पारिन्



अ+ अ-

एजेन्सी । फिल्म ‘स्त्री २’ ब्लकबस्टर भएपछि चर्चामा आएकी अभिनेत्री श्रद्धा कपुरले सामाजिक सञ्जालमा नयाँ कीर्तिमान बनाएकी छिन् ।

हालै उनको इन्स्टाग्राम अकाउन्टमा कुल ९१.५ मिलियन फलोअर्स छन् । यो संख्यासँगै श्रद्धा कपुर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछि पार्दै तेस्रो धेरै फलोअर्स हुने भारतीय बनेकी छिन् ।

श्रद्धा कपुरभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा धेरै फलो गर्ने भारतीयको सूचीमा तेस्रो स्थानमा थिए । उनको ९१.३ मिलियन फलोअर्स थिए, यद्यपि श्रद्धा कपूरका फलोअर्स स्त्री २ को रिलीज पछि लगातार बढ्दै गए ।

अहिले उनको फलोअर्स ९१.५ मिलियन पुगेको छ । हाल, उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने भारतीयहरूमध्ये तेस्रो नम्बरमा पुगेकी छन् ।

हाल यस लिस्टमा श्रद्धा कपुर प्रियंका चोपडाभन्दा केही पछि छिन् । यद्यपि उनले छिट्टै प्रियंकालाई पनि पछि पार्न सक्छिन् । प्रियंकाका ९१.८ मिलियन फलोअर्स छन् । यो सूचीमा क्रिकेटर विराट कोहली शीर्षस्थानमा छन् । उनको २७० मिलियन फलोअर्स छन् ।