२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई नै छलेर बालिकाको बलात्कारपछि हत्या गरेका किशोर फरार



अ+ अ-

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका व्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका सोही गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा फरार भएका हुन् ।

बोहरालाई डोटीस्थित बाल सुधार गृहमा राखिएको थियो । बाल सुधार गृहमा रहेका बोहरालाई कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएको थियो ।अस्पतालको आइसोलेसनमा रहेका बोहरा त्यहीबाट भागेर फरार भएको डोटी प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर मल्लले बताए । कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका बोहराको निगरानीको लागि आइसोलेसन बाहिर प्रहरी तैनाथ रहेका भएपनि प्रहरीलाई छलेर बोहरा भाग्न सफल भएको घटनालाई शंकास्पद रहेको छ ।

बोहरा आइसोलेसनबाट भागेर फरार भएपछि खोजी भइरहेको डीएसपी मल्लको भनाई छ । बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ बोहरालाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । तर, उमेर कम भएका कारण उनलाई बाल सुधार गृह डोटीमा राखिएको थियो । राजधानी दैनिक