२२ असार २०८३, सोमबार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेना बिमाकाे रकम तीन दिनभित्र भुक्तानी गर्न बिमा समितिलाई अर्थकाे निर्देशन



अ+ अ-

काठमाडौं । कोरोनाभाइरसको संक्रमण नेपालभित्र देखिएलगत्तै शुरू भएको विशेष कोरोना बिमा योजनामा सहभागीहरुले बिमा रकम नपाएको गुनासो बढ्दै गएपछि अर्थ मन्त्रालयले पुनः बिमा कम्पनीहरुलाई पत्राचार गरेको छ ।

यसअघि पनि अर्थ मन्त्रालयले ७ दिनभित्र बिमाको मागदाबी सेटल गर्न निर्देशन दिएको थियो, तर बिमा कम्पनीहरुले अर्थको निर्देशनलाई पूर्ण कार्यान्वयनमा ल्याएका थिएनन् ।

अर्थमन्त्रीकाे समुपस्थितिमा मंसिर १७ गते तथा अर्थ सचिवकाे संयाेजकत्वमा मंसिर १८ गते बसेकाे बैठककाे निर्णय बमाेजिम  मन्त्रालयले बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन कडा निर्देशन दिएको हो ।

हाल कुन कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयद्वारा प्रेसित पत्रमा भनिएको छ ‘कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’

प्राप्त विवरण अनुसार अझै १३ हजार भन्दा धेरै व्यक्तिको कोरोना बिमाको रकम भुक्तानी हुन बाँकी छ ।

देशभित्र कोरोना फैलिन शुरु हुँदा प्रत्येक कोरोना संक्रमितलाई एक लाख बराबरको बिमा गरिएको थियो, तर संक्रमितको संख्या बढ्दै गएपछि कोरोना बिमामा समस्या उत्पन्न भएको थियो ।

अर्थ मन्त्रालयले बिमा समितिलाइ लेखेकाे पत्र