२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान



अ+ अ-

धरान । बराहक्षेत्र नगरपालिका–२ बालचन खोरियाका किसान कृषिकर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् । बालचन खोरिया बस्तीका किसानले अहिले धान, कागती, किम्बु, सजिवन, किबी, कुखुरा, केराखेतीमा दत्तचित्त भएर लागेका छन् ।

बालचन खोरियाका किसान केवल राईले सात कठ्ठा जग्गामा अहिले सजिवन, किम्बु, केराखेती गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सात कठ्ठा जग्गामा वरपर घेरा हालेर गाउँमै कृषि, पशुपालन तथा पोल्ट्री फार्म सञ्चालन गर्दै आएको छु । यसैबाट घर खर्च पुगेको छ । व्यावसायिक रूपमा सुरु गरिएको कृषि व्यवसाय सन्तोषजनक रहेको उहाँ बताउहुहुन्छ ।

बालचन खोरियाका अर्का किसान नरेश रानामगरले कागतीखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको बताउनुभयो । उहाँले अहिले चार कट्ठा जग्गामा कागतीखेती गर्दै आउनुभएको छ । सुरुमा उहाँले एक सय ५२ बोटबिरुवा लगाएर सुरु गर्नुभएको कागतीखेती सिजनमा रु ३० हजारदेखि ४० हजारसम्म कागती बिक्री गर्दै आउनुभएको बताउनुभयो । कागतीबाहेक उहाँले धानखेती पनि गर्दै आउनुभएको छ । बालचन खोरियामा किसानले बर्सेनि पाँच–छ पटकसम्म विभिन्न संस्थाको सहयोगमा कृषिखेतीको सामूहिक तालिम लिँदै आएको उहाँले बताउनुभयो ।

किसान रानामगरले भन्नुभयो, “कृषिको तालिम त लियौँ, तर अझै बेमौसमी खेतीमा चुनौती छ, तरकारीखेती गर्न स्थायी टनेलको आवश्यकता छ”, उहाँ भन्नुहुन्छ, “किसान विपन्न हुँदा लगानी गर्न सक्ने अवस्था भने छैन ।” यस विषयमा स्थानीय तथा प्रदेश सरकारले किसानलाई आर्थिक अनुदान र प्रोत्साहन गर्नुपर्ने रानामगर बताउनुहुन्छ । कम्तीमा नमूनाका लागि मात्रै भए पनि टनेल बनाउने व्यवस्था गरिदिए किसानलाई सहयोग पुग्छ रानाले बताउनुभयो ।

विसं २०६९ मा स्थापना गरिएको बालचन खोरिया कृषि सहकारी संस्थामा अहिले ९० घरपरिवारभन्दा धेरै किसान आबद्ध रहेको कृषि सहकारीका अध्यक्ष प्रेम खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ सबै घरपरिवारले केही न केही कृषि उद्यम गर्दै आएका छन् । बेलीचण्डाको घारी रहेको र माछा मारेर जीविकोपार्जन गर्ने दुई–चार घर किसान थिए अहिले उहाँहरू पनि व्यावसायिक कृिष क्षेत्रमा लाग्नुभएको छ ।

बालचन खोरियामा हाल अधिकांश किसानले धान, सब्जी, कागती, फलफूलखेती लगाएका छन् । त्यस क्षेत्रमा एकै खालका चिटिक्क परेका घर वरपर खेतबारी र करेसाबारीले ढपक्क ढाकेको गाउँ देखिन्छ । कृषि सहकारीका अध्यक्ष खड्काले भन्नुभयो, “कृषि क्षेत्रमा फड्को मार्ने प्रयासमा छ, बालचन खोरिया ।”

आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा प्रदेश सरकारको बजेटमा सिँचाइ र किसानको सहयोगका लागि दुईवटा डिपबोरिङको योजना भएको छ । रु ३८ लाख लागतमा आएको ‘डिपबोरिङ’को विद्युत् र पाइप लाइन विस्तारको काम भइरहेको कृषि सहकारीका अध्यक्ष खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वमा चतरा नहर र पश्चिममा सप्तकोशी नदी भए पनि डाँडा र बगर रहेकाले पानी नचढ्ने र सुकेर जाने समस्या छ ।” प्रदेश सरकारले डिपबोरिङ व्यवस्था गरिदिएको छ, काम भइरहेकाले पानी लाग्न थालेपछि एकीकृत कृषिखेतीको अवधारणामा अघि बढ्ने बताउनुभयो ।

“भूमिगत डिपबोरिङ सिँचाइ योजनाबाट पानी आउने भएपछि बस्तीवासी खुसी भएका छन् । बस्तीमा नयाँ ट्रान्सफर्मर जोडिएको छ । आर्थिक वर्ष २०८१/८२ मा बजेट परेको जानकारी आएको छ, बस्ती विस्तारसँगै कृषि पर्यटकीय क्षेत्र निर्माण गर्ने सम्भावना बढेको छ,” अध्यक्ष खड्काले भन्नुभयो । रासस




भर्खरै