२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक



अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । 

कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतार्नु भएको छ । ‘स्वभिमान’ नाम दिइएको कविता संग्रहमा देश प्रेमको भाव झल्कने र वर्तमान समाजका विषयहरु पनि समेटिएको छ । कवितासंग्रहलाई अपाङ्गता भएका बालबालिकालाई समर्पित गर्नुभएको छ । कवयत्री ज्ञवाली आफैपनि अपाङ्गता भएकी छोरीको अविभावक हुनुहुन्छ । 

संग्रहमा समेटिएको ‘सीता र भृकुटी’को माटोमा भन्ने शिर्षकमा नेपाली नारिहरु माथिको उत्पीडनलाई उतारिएको छ । यस्तै ‘कविता संग्रहको आवाज’ शिर्षक कविता कवियत्री ज्ञवालीको आफ्नै अनुभव बयान गरेजस्तो लाग्छ । फरक शारिरिक अवस्थाकी छोरीलाई आफ्नो मातृत्व र स्नेहले हुर्काएको अनुभूति पनि कवितामा छ । कवयत्री ज्ञवालीले कवितामा आफ्नो छोरीबाट आमाको सम्बोधन सुन्न लालायित भएको कठोर तृष्णा पनि व्यक्त गर्नुभएको छ । वि.सं २०१९ कात्र्तिक महिनामा पाल्पा जिल्लामा जन्मिनु भएकी ज्ञवाली बापमन्थी आन्दोलनमा संलग्न हुनुहुन्थ्यो । यस अघि कवयत्री ज्ञवालीको आत्मकथा ‘लाल्टिनको उज्यालोमा’ पाठक सामु ल्याइसक्नु भएको छ ।