२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका श्वेता खड्का मंसिर २२ गते विजयेन्द्र सिंह रावतसँग बिहे गर्दै



अ+ अ-

काठमाडौं । नायिका श्वेता खड्काले मंसिर २२ गते धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी छन् । विवाहको लागि नायिका खड्काले गोकर्ण फरेष्ट रिसोर्टलाई छनौट गरेकी छन् । उनको बिहेका निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको विभिन्न समाचारमा खुलाइएको छ । नायिका स्वेता खड्काले यो बर्षको मातातिर्थ औसीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् ।

श्वेताले चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनको विवाह नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते भएको थियो । विवाहको एक महिना पश्चात श्रीकृष्णको निमोनिया र बोन क्यान्सरको उपचारका क्रममा वि.सं २०७१ साल साउन २५ गते, अगस्ट १०, २०१४ मा नयाँ दिल्ली, भारतको सर गगां राम अस्पतालमा निधन भएको थियो । श्रीकृष्णको निधन ४७ को उमेरमा भएको हो । 

यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध रहेकी छिन् । हाल उनी विवाह वन्धनमा बाधिन लागेकी विभिन्न समाचार मार्फत बाहिरिएको छ ।