८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र एमालेको सरकार ‘अन्तिम भोज’: रवि लामिछाने



अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई ठूला दल कांग्रेस र एमालेको सरकार ‘अन्तिम भोज’का नहोस् भन्ने कामना गर्नुभएको छ। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा फेरि अवसर नआउला कि जसरी दुई ठूला दल मिलेर बनाएको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टी गर्नुपर्ने बताउनु भएको हो।

‘सामान्यतया संसदका दुई ठूला दलको सरकार बन्नु राम्रो होइन’ चितवन क्षेत्र नम्बर–२ का सांसदसमेत रहनुभएका लामिछानेले भन्नुभयो, ‘तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अबसर उहाँहरुको लागि ‘अन्तिम भोज’जस्तै हुनेछ।’

भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्‍याउनु भएका सभापति लामिछानेले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने तर बहुमतको बलमा पेल्ने खोजिए परिणाम नराम्रो हुने चेतावनी दिनुभयो। ‘संसदमै कडा प्रतिवाद गछौं, सुनुवाइ नभए जुनसुकै हदमा पनि जान सक्छौं’ उहाँले भन्नुभयो।

हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आज बिहानै चितवन पुग्नुभएको सभापति लामिछानेले ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गर्नुभयो। ‘प्रमाण छ भनेर कुर्लनेले न संसद, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए’ उहाँले भन्नुभयो, ‘प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’

सभापति लामिछानेले संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बद्नाम गर्न खोजिएको दोहोर्‍याउनु भयो।