२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले सुरु गर्यो ‘आत्मनिर्भर नेपाल अभियान’ – तस्बिरसहित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गरेको छ। केन्द्रीय कार्यालय, वनस्थलीमा आज नेपाली उत्पादनको प्रदर्शनीसहित ‘नीति मन्थन’ गरेर रास्वपाका केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन, उद्योग तथा वाणिज्य, उत्पादन प्रवद्र्धन, कृषि र अनुसन्धान तथा अभिलेखिकरण विभागको संयोजनमा अभियान सुरु गरिएको हो।

अभियानको शुभारम्भ गर्दै उपसभापति डीपी अर्यालले आन्तरिक उत्पादन अभिवृद्धिको दीर्घकालिन लक्ष्यसहित तत्कालका लागि भने स्वदेशमै उत्पादनको क्षेत्रमा भइरहेका उपलब्धी देखाएर विदेशिने खोज्ने युवालाई मुलुकभित्रै रहन प्रेरित गर्न अभियान सुरु गरिएको बताउनु भयो। उहाँले ‘आत्मनिर्भर नेपाल अभियान’ वडास्तरसम्म विस्तार गरिने जानकारी पनि दिनुभयो।

त्यस्तै, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मुलुकलाई आत्मनिर्भर बनाउन सानास्तरमा भइरहेका कामलाई एकीकृत गर्ने उद्देश्यका साथ सुरु गरिएको अभियानअन्तर्गत नीतिगत परिवर्तनको बहसलाई पनि सँगसँगै लगिने जानकारी दिनुभयो।

शुभारम्भ कार्यक्रममा सांसदद्वय गणेश पराजुली र अशोककुमार चौधरीले संभावना भएका उत्पादनमा जोड नदिएसम्म मुलुकको आर्थिक रुपान्तरण नहुने भन्दै त्यसमै सहयोग पु¥याउन अभियान थालिएको बताउनुभयो।

रास्वपाका केन्द्रीय सदस्य एवं स्टार्टअप तथा नवप्रवर्तन विभाग प्रमुख डा= प्रभात अधिकारीका अनुसार देशमा रहेका युवालाई उद्यम र श्रममा जोड्दै रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता न्यूनीकरणमा राजनीतिक दलहरुले प्रत्यक्ष योगदान गर्न सक्छन् भन्ने सन्देश दिन पनि रास्वपाले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरुवात गरेको हो। ‘स्वदेशी उत्पादन प्रवद्र्धनमा सहयोग, आन्तरिक रोजगारी सिर्जना र दुबैका लागि समयसापेक्ष नीति–कानून तर्जुमामा सकारात्मक दबाब दिने उद्देश्यका साथ अभियान सुरु गरेका हौं’, डक्टर अधिकारीले भन्नुभयो।

रास्वपाका केन्द्रीय सदस्य एवं उत्पादन प्रवद्र्धन विभाग प्रमुख रामकृष्ण भट्टराईले युवालाई स्वदेशमै रोक्न सकिन्छ भन्ने सन्देश दिन अभियान फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

अभियान शुभारम्भका लागि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका उत्पादनदेखि नेपालमा बनेका सामग्री प्रदर्शनीका ३० स्टल छन्। रास्वपा कार्यालयमा ‘आत्मनिर्भर नेपाल अभियान’सँग सम्बन्धित ५ वटा विषयमा ‘नीति मन्थन’ समेत भइरहेको छ।




भर्खरै