२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयः स्नातकोत्तर तहमा दुई घण्टा र स्नातकमा डेढ घण्टाको मात्रै परीक्षा हुने



अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई अब दुई घण्टामा सीमित पार्ने निर्णय गरेको हो ।

व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले विश्वविद्यालयको कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण अवधिमा परीक्षाको प्रावधान परिवर्तन गर्न सक्ने अधिकार दिएलगत्तै कार्यान्वयन सुरु गरिएको जानकारी दिनुभयो । प्राज्ञिक परिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो । मङ्सिर महिनामा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षाबाट यो प्रावधान कार्यान्वयनमा आउनेछ ।

विद्यार्थीको हितमा
डीन शर्माले सङ्क्रमणको जोखिम कायमै रहेकाले विद्यार्थीलाई लगातार चार घण्टा परीक्षा हलमा राख्दा सङ्क्रमण उच्च हुनेहुँदा यसलाई दुई घण्टामा सीमित गरिएको जानकारी दिनुभयो । विद्यार्थीलाई पानी पिउने, शौचालय, परीक्षाको व्यवस्थापनमा खटिनुपर्ने जनशक्ति लगायत सबै पक्षको विचार गर्दा परीक्षा दुई घण्टामा नै सीमित राख्नु उपयुक्त ठानिएको उहाँको भनाइ छ । राजधानीको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले अन्तर्राष्ट्रिय मान्यता अनुसार स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने गरिएको उल्लेख गर्दै विशेष
अवस्थाका लागि मात्र समय कम हुनुपर्ने बताउनुभयो ।

स्नातकको डेढ घण्टा
यसका साथै अब स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन गरिने भएको छ । विगतमा तीन घण्टामा स्नातक तहको परीक्षा सञ्चालन लिने गरिएकोमा अब कोरोना सङ्क्रमण अवधिभर परीक्षाको आधा समय घटाइएको हो । विद्यार्थीलाई कक्षा १२ को वार्षिक परीक्षामा पनि समय घटाइएका कारण विश्वविद्यालयले यो निर्णय गरेको
जनाइएको छ ।

अभ्यास सफल
यसपटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि डेढ घण्टा समय तोकेको थियो । परीक्षा मङ्सिर १६ गते मात्र सकिएको हो । यसअघि सय पूर्णाङ्कको लिखित परीक्षा हुने गरेकोमा यस पटक ४० पूर्णाङ्कको मात्र लिखित परीक्षा लिएकाले समय घटाएर डेढ घण्टा बनाएको जनाइएको छ । गोरखापत्र दैनिक