२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिन घण्टापछि रिहा भए वरिष्ठ नेता रामचन्द्र पौडेल



file
अ+ अ-

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । उनलाई निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको हो । निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले वरिष्ठ नेता पौडेल सहितका प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई आज  पक्राउ गरेको थियो । उनीहरुमाथी व्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोप थियो । 

उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । ‘समन्वय प्रमुखको रोहबरमा रिहा गरेका छौं,’ एसपी पौडेलले भने । वरिष्ठ नेता पौडेलको गिरफ्तारीको खबरले नेपाली काँग्रेसमा हलचल पैदा भएको थियो ।

सबै काँग्रेसका नेताहरुले वरिष्ठ नेता पौडेलको गिरफ्तारीमा सरकारको निन्दा गरेका थिए । नेपाली काँग्रेसले विज्ञप्ती जारी गर्दै नेता पौडेललाई गिरफ्तारी गरिएको घटना आपत्तिजनक र निन्दनिय भएको र सरकारको प्रवृति विरुद्द देशव्यापी प्रतिरोध गर्ने पनि चेतावनी दिएको थियो ।