८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले गगन–विश्वसँग छलफल गर्दै, प्रतिवेदन परिमार्जनको कसरत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत् महामन्त्रीद्वयको प्रतिवेदनका विषयमा छलफल गर्न देउवाले ११ बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका हुन् । सभापति देउवाले उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाएका छन् ।

पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जनका लागि महामन्त्रीद्वयसँग सहमति जुटाउने प्रयास गरेका हुन् ।

महासमिति बैठकमा राखिएको महामन्त्री थापाको कांग्रेसले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्ताव तथा अर्का महामन्त्री शर्माको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावमा केन्द्रीय समितिमा मतभेद छ ।

दुवै महामन्त्रीका प्रतिवेदन संशोधनसहित पारित गर्नका लागि सभापति देउवाले छलफलका लागि बोलाएका हुन् । तर महामन्त्रीहरु आफूहरुको प्रस्ताव परिमार्जन गर्न तयार छैनन् ।

महामन्त्रीद्वयका प्रस्तावमा सहमति हुन नसक्दा गत साउन २३ गतेदेखि सुरु केन्द्रीय समिति बैठक २८ गतेसम्म चलेर भदौ ६ गते सम्मका लागि स्थगित गरिएको थियो । त्यसपछि भदौ ७ गते बसेको बैठमा पनि सहमति जुट्न नसके पछि भदौ १२ गते बस्नेगरी स्थगित भएको थियो ।