२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १ हजार ३ सय ४ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । मंगलबार थप १ हजार ३ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ८ हजार ५८३ जनाको नमुना परीक्षणमा १ हजार ३ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ७३ जना डिस्चार्ज भएसंगै कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ