२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच जनालाई उपाध्यक्षकै हैसियतमा वरिष्ठ नेता बनाइँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीमा नेता व्यवस्थापनमा सकस देखिएको छ । नेता धेरै तर पार्टी सानो भएपछि व्यवस्थापनमा समस्या भएको हो ।

पदाधिकारी र पोलिटब्यूरो सदस्य चयन सर्वसम्मतबाट हुन नसकेपछि निर्वाचन गराएको एकीकृत समाजवादीले पाँच जनालाई त उपाध्यक्षको हैसियतमा वरिष्ठ नेता बनाउने आश्वासन दिएको छ ।

घनेन्द्र बस्नेत, प्रमेश हमाल, बेदुराम भुसाल र पार्टीमा आएको खण्डमा वामदेव गौतम र भीम रावललाई वरिष्ठ नेता बनाइने आश्वासन अध्यक्ष माधवकुमार नेपालले दिएको बताइएको छ । गौतम र रावल नआएमा अन्य दुई जनालाई वरिष्ठ नेता बनाइने छ ।

बेदुराम र घनेन्द्र यस्ता कार्यकर्तामा प्रभाव कम भएको तर अध्यक्ष नेपालको भित्रिया हुन् । उनीहरुले आजसम्म कुनै पनि निर्वाचन फेस गरेका छैनन् । लाभको पदमा भने पटकपटक पुगिसकेका छन् ।

नेता व्यवस्थापन गर्न समस्या भएपछि पदाधिकारी र पोलिटब्यूरो चयन गर्न मतदान नै गर्नुपरेको छ ।

३४४ केन्द्रीय सदस्य रहेको नेकपा एसमा निर्वाचनमा भने ३२२ मत मात्रै खसेको छ ।

डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको नेकपा एसले बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न मतदान गरेको हो । अहिले मतगणना जारी छ ।

महिला उपाध्यक्ष एक पदका लागि जयन्तीदेवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । मधेशी समुदायको उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।

खुला चार उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । चार उपमहासचिव पदमा लक्ष्मण केसीलगायत २० जनाको उम्मेदवारी परेको छ ।

नेकपा एसमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ ।




भर्खरै