२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सेनाद्वारा गाजामा भूमिगत सुरुङबाट बन्धकहरूको उद्धार



अ+ अ-

एजेन्सी । इजरायली सेनाले दक्षिणी गाजा पट्टीको भूमिगत सुरुङबाट इजरायली बन्धकलाई उद्धार गरेको छ ।

५२ वर्षीय कायद फरहान अल्कादी कुनै गार्ड वा अन्य बन्धक बिना सुरुङमा एक्लै फेला परेको सेनाले जनाएको छ । अक्टोबर ७, २०२३ देखि हमास विद्रोहीहरूको कब्जामा रहेको र अलकादी सैन्य अपरेशनमार्फत मुक्त गरिएको आठौं बन्धक र जीवित उद्धार गरिएको पहिलो इजरायली अरब बन्धक हुनुहुन्छ । उहाँ भूमिगतबाट उद्धार गरिएका पहिलो बन्धक पनि हुनुहुन्छ ।

सेनाले अल्कादी दक्षिणी इजरायलको राहात शहरको दक्षिणमा रहेको बेदुइन गाउँ कर्कुरका हुनुहुन्थ्यो । किबुत्जमा हमासको आक्रमणको क्रममा उहाँको कार्यस्थल मागेनमा रहेको प्याकिङ हाउसबाट अपहरण गरिएको थियो । अक्टोबर ७ हमासको हमलामा करिव २५० बन्धक बनाइएका थिए । जसमा १०८ जना अझै हमासको नियन्त्रणमा छन् । तीमध्ये धेरैको मृत्यु भएको विश्वास गरिएको छ ।