२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती अभिनेता जेमी बेकन अभिनित चलचित्र ‘एक्लो’ को छायांकन शुरु



अ+ अ-

काठमाडौँ । चलचित्र ‘एक्लो’ को छायांकन शुरु भएको छ ।

बुधवार काठमाडौंको भद्रकालीमा पूजाआज गर्दै ‘एक्लो’ को छायांकन शुरु गरिएको हो । चलचित्रमा बेलायती अभिनेता जेमी बेकन, दीया पुन, विजय लामा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्र छायांकनको शुभमूहुर्तको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता विजय लामाले ग्लोवल अडेन्सको निम्ति चलचित्र निर्माण गर्नुपर्ने बताउनु भयो ।

उहाँले संसारभर नेपाली चलचित्रको माग बढेको र अब नेपाली चलचित्रले पनि विदेशमा नाम कमाउनुपर्ने बताउनु भयो । अभिनेत्री दीया पुनले चलचित्रमा काम गर्न पाउँदा धेरै नै उत्साहित रहेको प्रतिक्रिया दिनुभयो । अभिनेत्री बेनिशा हमालले नेपाली सिनेमामा केही फरक र नयाँपन हुनुपर्ने र त्यो नयाँपन चलचित्र ‘एक्लो’ हुने बताउनु भयो । बेलायती अभिनेता जेमी बेकनले नेपाली संस्कृतिको चलचित्रमा काम गर्न पाउँदा धेरै नै खुशी र उत्साहित रहेको बताउनु भयो ।

चलचित्रले नयाँपन दिने कलाकारहरुको दाबी छ ।