२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा गौरा पर्व मनाईयो



अ+ अ-

वाशिङ्गटन डिसी । नेपालको सूदूर पश्चिम क्षेत्रमा मनाईने धार्मिक तथा साँस्कृतिक रुपमा मनाईने गौरा पर्व अमेरिमा बस्दै आएका नेपालीहरुले पनि आईतवार मनाएका छन् ।

सूदूर पश्चिम समाज अमेरिकाले आयोजना गरेका गौरा पर्वमा सहभागीहरुले देउडा गीत समेत गाएका थिए ।

मेरिल्याण्ड राज्यको स्थानीय पार्कमा आयोजित कार्यक्रममा सहभागीहरुले गौरा माताको प्रतिमा दर्शन तथा पूजा आजा गरि गौरा माताको स्वागत तथा विदाई गरेका थिए ।

कार्यक्रममा गौरा पर्वका अध्येता तथा लेखक तीर्थराज पाण्डेयले गौरा पर्वको विविध पक्षको ऐतिहासिक तथा साँस्कृतिक महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

मेरिल्याण्ड राज्यका डेलिगेट डा हयारी भण्डारीले संस्कृति जगेर्नामा योगदान पुरयाएको भन्दै आयोजकको प्रशंसा गर्नु भएको थियो ।

समाजका अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएन मेरिल्याण्डका अध्यक्ष कूल गुरुङ्ग, संस्थाका संस्थापक अध्यक्ष दमन विक्रम शाह, वानाका अध्यक्ष सुवोधविलास पन्त,भीमविक्रम शाही लगायतले मन्तव्य राखेका थिए ।




भर्खरै