२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरबैंक एटीएम निःशुल्क हुँदा एटीएम व्यवस्थापनमा बैंकहरूको लापरबाही



अ+ अ-

काठमाडौँ । एउटा बैंकले जारी गरेको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लिन नपाउने व्यवस्थापछि एटीएम व्यवस्थापनमा लापरबाही हुन थालेको छ । केही बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिनमा पर्याप्त पैसा नराखेको र मर्मत सम्भारमा पनि ध्यान दिन छाडेका छन् । एटीएम कारोबारबाट शुल्क उठाउन नपाउने भएपछि त्यसको व्यवस्थापन कम प्राथमिकतामा परेको बैंकरहरू बताउँछन् ।

एटीएम व्यवस्थापनमा बैंकहरूको लापरबाहीबारे राष्ट्र बैंक पनि जानकार छ । यस विषयमा राष्ट्र बैंकमा थुप्रै उजुरी परेका छन् । ‘पर्याप्त पैसा नराखेको र समयमा मर्मतसम्भार नभएको सम्बन्धमा केही उजुरी छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘उजुरीउपर छलफल भइरहेको छ ।’ छिट्टै जारी हुन लागेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यो विषय समेटिने सम्भावना रहेको ती अधिकारीले बताए ।

एटीएम व्यवस्थापनबारे गुनासो आएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पनि स्विकारे । कोभिड–१९ को बढ्दो संक्रमणका कारण सरकारले गरेको लकडाउनलाई लक्ष्य गरी एटीएम कारोबार निःशुल्क बनाइएकाले बैंक तथा वित्तीय संस्थाले त्यसलाई बेवास्ता गर्न नहुने उनले बताए । ‘अप्ठ्यारो परिस्थितिमा एटीएमकै कारण बैंकको काउन्टरमा ग्राहकको भीड कम भएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापनमा लापरबाही गनुहुन्न ।’ बैंकले अल्पकाल नभई दीर्घकाललाई हेरेर एटीएमको व्यवस्थापन चुस्त बनाउनुपर्ने उनको सुझाव छ । ‘निःशुल्क पाउने सेवा (फ्री राइडर) को गुणस्तरमा कमी आउनु, प्रयोगमा लापरबाही हुनु अर्थशास्त्रीय सिद्धान्त नै हो,’ उनले थपे, ‘अहिले एटीएम व्यवस्थापनमा पनि त्यही भएको देखिन्छ । तर बैंकले ग्राहकप्रति विश्वासनीयता जगाउन सक्नुपर्छ ।’ अहिले राम्रो सेवा दिएर विश्वासनीयता कायम गर्न सके भविष्यमा सोही बैंकलाई नै फाइदा पुग्ने उनको भनाइ छ ।

बैंकर्स संघले भने एटीएम व्यवस्थापनमा लापरबाही नभएको बताएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले अन्तरबैंक एटीएम कारोबार निःशुल्क बनाएको र तिनको व्यवस्थापनमा कमी नभएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालको दाबी छ । ‘बैंकले एटीएममा पैसा नराख्ने भन्ने हुँदैन,’ उनले भने, ‘केही बैंकको एटीएम समयमै मर्मत नभएको गुनासो आएको छ, अरू सबै राम्रो छ ।’ एटीएम सञ्चालन गर्दा बैंकको केही लागत लाग्छ । उक्त लागत बैंकले उठाउन पाउने व्यवस्थाका लागि राष्ट्र बैंकमा आग्रह गरिएको उनले बताए । कुनै बैंकले एटीएममा पर्याप्त नराखेको भए त्यसो नगर्न उनले आग्रह गरे ।

लकडाउनका बेला बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम कारोबार निःशुल्क बनाएका थिए । गत साउनदेखि एटीएम कारोबारमा शुल्क लिने निर्णय बैंकहरूले गरेका थिए । तर लगत्तै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अन्तरबैंक एटीएममा शुल्क नलिने व्यवस्था ल्यायो । मौद्रिक नीति जारी भएको दुई दिनपछि नै सो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन दियो । निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम निशुःल्क बनाएका छन् । अन्तरबैंक एटीएम कारोबार निःशुल्क बनाएपछि बैंक तथा वित्तीय संस्थाले एटीएम सेवा बेवास्ता गर्न थालेका हुन् । यसअघि अन्तरबैंक एटीएम कारोबारमा न्यूनतम २५ देखि २ सय ५० रुपैयाँसम्म शुल्क उठाउन पाउने व्यवस्था थियो ।

पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाको एटीएमबाट हुने कारोबार घट्दो छ । खासगरी गत असारको तुलनामा त्यसपछिका महिना ९साउन, भदौ र असोज० मा एटीएमबाट हुने कारोबारमा कमी आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । लकडाउनका कारण गत चैतदेखि असारसम्म एटीएम कारोबार बढेको थियो । लकडाउन खुकुलो हुँदै हटेपछि ग्राहक बैंक तथा वित्तीय संस्थाको काउन्टरमै जान थालेकाले एटीएम कारोबार घटेको बैंकरहरू बताउँछन् । यसलाई कसैले एटीएम सेवाको गुणस्तरसँग पनि जोडेर हेरेका छन् । गत असारमा एटीएममार्फत ५४ अर्ब ७६ करोड रुपैयाँ कारोबार भएको थियो । साउनमा उक्त कारोबार घटेर ३८ अर्ब ३९ करोड, भदौमा ३२ अर्ब ३२ करोड र असोजमा ४६ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ ।

ती महिनामा कारोबार रकमसँगै कारोबार संख्यामा पनि कम आएको राष्ट्र बैंकको तथ्यांक छ । जसअनुसार गत असारमा एटीएममार्फत करिब ६३ लाख वटा कारोबार भएका थिए । भदौमा यस्तो कारोबार संख्या घटेर ४७ लाख ६९ हजार, भदौमा ३७ लाख ९७ हजार र असोजमा ५३ लाख ८८ हजार वटा कारोबार एटीएममार्फत भएको देखिन्छ । गत असोजसम्म बैंक तथा वित्तीय संस्थाको एटीएम संख्या ४ हजार १ सय ९१ वटा छन् । जसमध्ये वाणिज्य बैंकहरूका ३ हजार ८ सय ३१ वटा, विकास बैंकका ३ सय ९ वटा र वित्त कम्पनीको ५१ वटा छन् । कान्तिपुर दैनिक