८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्रीद्वयसँग मिलेन देउवाको कुरा, बोलाए पूर्व पदाधिकारीसहितको बैठक



file photo
अ+ अ-

काठमाडौँ । महामन्त्रीद्वयसँग प्रतिवेदनको विषयमा कुरा नमिलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

बिहिबार बूढानीलकण्ठमा बसेको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग सहमति नजुटेपछि सभापति देउवाले शनिबार बैठक बोलाएका एक पदाधिकारीले बताए ।

दुई महामन्त्रीको प्रतिवेदन जसरी भएपनि परिमार्जन गराउने देउवाको तयारी रहेको ती पदाधिकारीले बताए । यता, महामन्त्रीद्वयले भने तर्क सहित आफ्नो प्रतिवेदन परिमार्जन नहुने बताएका थिए ।

बिहिबार पनि कुरा नमिलेपछि सभापति देउवाले शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहित बैठक बस्ने गरी बोलाएका हुन् ।