२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल सेटको अवैध बजार अन्त्य गर्न ईम्पोटर्स एशोसियसनले आग्रह



अ+ अ-

काठमाडौंं । मोबाइल फोन ईम्पोटर्स एशोसियसनले मोबाइल सेटको अवैध विक्रि वितरणको पूर्ण अन्त्य गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । यस्तो अवैध विक्रि वितरणको कारण मोबाइल फोन व्यवसाय मात्र नभई राष्ट्रको समग्र अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारेको एशोसियसनले बताएको छ । विभिन्न मुलुकबाट चोरी पैठारी गरी भित्राईएका मोबाइल फोनको अवैधानिक बजार नेपालमा तिब्र रुपमा बढिरहेको छ जसले गर्दा सरकारको राजश्व वापत संकलन गरिने ठुलो धनराशी गुमिरहेको छ । मोबाइल फोन व्यवसायको स्वस्थ्य र मर्यार्दित विकासमा अवरोध खडा भएको छ । यति मात्र नभई अवैध (ग्रे) मोबाइल सेटको आइएमइ नम्बर रजिस्टर नहुने भएकोले यसको प्रयोग अपराधिक क्रियाकलापमा पनि हुन सक्ने प्रवल सम्भावना रहेको एशोसियसनले जनाएको छ ।

यी गम्भीर कारणहरुले गर्दा मोबाइल सेटको अवैध बजारको तत्काल पूर्णरुपमा अन्त्य गर्न हामी सम्पूर्ण मोबाइल फोन व्यवसायी, उपभोक्ता एवं सरकारको कर्तव्य हुन आउँदछ । मोबाइल फोन ईम्पोटर्स एशोसियसन र नेपाल मोबाइल वितरक सघंले देशभरका मोबाइल सेट विक्रेताहरूलाई अवैध (ग्रे) कारोबार नगर्न गत श्रावण १ बाट नै अनुरोध गरेका थियो । तर सो सुचनाको अवज्ञा गर्ने गरेको पाइएकोले उक्त व्यवसायीहरुलाई नियम संगत कार्वाहीको लागी  एशोसियसनले सम्बन्धित निकायलाई अनुरोध पनि गरेको छ । 

यसै गरी मोबाइल फोन आयातकर्ताहरुको छाता संगंठन मोबाइल फोन ईम्पोटर्स एशोसियसनले सरकारलाई चोरी पैठारी सम्बन्धी कानुनलाई कडाईका साथ लागु गर्न अनुरोधका साथै मोबाइल फोन विक्रेताहरुलाई पनि कानुनी दायरमा बसी स्वस्थ व्यवसाय गर्न आव्हान गरेको छ । मोबाइल फोन उपभोक्ताहरुलाई पनि फोन खरिद गर्दा सचेत भई एमपिआइए अंकित होलोग्राम स्टिकर भएको फोन मात्र खरिद गर्न र पसलको आधिकारिक विल लिन अनुरोध गरेको छ ।